कञ्चनपुरको झलारीमा सशस्त्र प्रहरी बल नेपालको चौथो स्कुल संचालन

कञ्चनपुरको झलारीमा सशस्त्र प्रहरी बल नेपालको चौथो स्कुल संचालन

काठमाडौं, बैशाख २५

सशस्त्र प्रहरी बल नेपालले सबै प्रदेशमा स्कुल विस्तार गर्ने योजना अनुसार कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ झलारीमा चौथो स्कुल संचालन ल्याएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो स्कुलको बैशाख २४ गते उद्घाटन गर्नुभएको हो । शैक्षिकसत्र २०८१ देखि संचालनमा ल्याईएको नेपाल एपीएफ स्कुल झलारीमा हाल कक्षा ४ र ५ मा पठनपाठन शुरु गरिएको छ ।

सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यकासाथ स्थापना भएको नेपाल एपीएफ स्कुलमा सशस्त्र प्रहरी कर्मचारी र सर्वसाधारणका सन्ततीहरु गरी १ सय ५ जना छात्रछात्राहरु भर्ना गरिएको छ । यसअघि सशस्त्र प्रहरी बल नेपालले पहिलो स्कुलको रुपमा काठमाडौको कीर्तिपुर–४ बाजोबारीमा २०६२ चैत्र १७ गतेदेखि पूर्ण आवसीय सुबिधासहित नेपाल एपीएफ स्कुल कीर्तिपुर संचालनमा ल्याएको थियो । त्यसैगरी दोश्रो २०७७ बैशाख २ गतेबाट नेपाल एपीएफ स्कुल कोहलपुर र तेश्रो स्कुल २०७९ जेठ ९ गतेदेखि नेपाल एपीएफ स्कुल सप्तरी  संचालना ल्याइएको थियो । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठन प्रमुखमा पदवहाली भएसँगै सबै प्रदेशमा नेपाल एपीएफ स्कुल र नेपाल एपीएफ अस्पतालको विस्तार गर्ने योजना सार्बजनिक गर्नुभएको थियो । अब अन्य प्रदेशमा समेत स्कुल बिस्तार गर्दै लगिने संगठनको लक्ष्य छ ।  हाल सबै प्रदेशमा  सशस्त्र प्रहरी बलको अस्पताल तथा फिल्ड अस्पताल संचालनमा छन् ।