झिनो अंकले घट्यो नेप्से,चार वटा समुहले कमाउँदा नौं वटा समुहले गुमाए

झिनो अंकले घट्यो नेप्से,चार वटा समुहले कमाउँदा नौं वटा समुहले गुमाए

काठमाडौं, बैशाख २६

नेप्से घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार शुन्य दशमलव २१ अंकले घटेर १९ सय ६० दशमलव ६० अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव १७ अंकले घटेर तीन सय ४९ दशमलव ४० अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय पाँच वटा कम्पनीहरुको ४१ हजार एक सय ३७ पटकको कारोबारमा ५८ लाख ७४ हजार नौं सय ६७ कित्ता सेयर खरिद बिक्री भएका छन्  । सो अनुसार आज कारोबार रकम दुई अर्ब ५४ करोड ७० लाख २० हजार आठ सय २५ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा फाईनान्स, जलबिद्युत, लघुवित्त र व्यापार समुहको सुचक बढेका छन् । यि बाहेक बाँणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक भने घटेका छन् ।

नेप्सेमा आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने कुमारी सवल योजनाले सबै भन्दा बढी गुमाएको छ । फष्र्ट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।