पाँच अंकले बढ्यो नेप्से

पाँच अंकले बढ्यो नेप्से

काठमाडौं, बैशाख २७

नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहिबार पाँच दशमलव ६३ अंकले बढेर १९ सय ६६ दशमलव २३ अंकमा चढेको छ भने सेन्सिटिभ एक दशमलव १९ अंकले बढेर तीन सय ५० दशमलव ६० अंकमा पुगेको छ । तीन सय १३ वटा कम्पनीहरुको ४९ हजार तीन सय ३२ पटकको कारोबारमा ७० लाख ५८ हजार तीन सय ९९ कित्ता सेयर किनबे हुँदा आज कुल कारोबार रकम तीन अर्ब १२ करोड १२ लाख ८६ हजार तीन सय ६२ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा जीवन बीमा, उत्पादनमुलक र लघुवित्त समुहको सुचक घटेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुुचक बढेका छन् । 

नेप्सेमा आज ओरियन्टल होटल समुहले सबैभन्दा बढी कमाएको छ भने कुमारी सवल योजनाले सबैभन्दा बढी गुमाएको छ । नेपाल फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।