वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, बैशाख २७

आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारमा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा मकवानपुर थाहा नगरपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–१० बस्ने ३१ वर्षीय असिम नगरकोटीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

नगरकोटीले वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै पीडितहरूबाट रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमाकाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।