अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ

काठमाडौं, बैशाख २८ 

कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँ उत्तरपुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्रामसहित सोही नगरपालिका–१ बस्ने २३ वर्षीय सोनक घर्ती मगर र ३० वर्षीय कमल घर्ती मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्रामसहित सल्यान मार्के नगरपालिका–९ बस्ने २२ वर्षीय तिलक रेउलेलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँकेको बैजनाथ गाउँपालिका–४ नौलापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्रामसहित कोहलपुर नगरपालिका–१ बस्ने २४ वर्षीय ललित थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी बाँकेको कोहलपुर नगरपालिका–१५ चन्नहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्रामसहित बैजनाथ गाउँपालिका–५ गरूवा बस्ने २२ वर्षीय सोफिक हलुवाई र बर्दिया बाँसगढी नगरपालिका–५ हाउपुर बस्ने ३१ वर्षीय राजेन्द्र थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको भे.५ प ४६५१ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।