जबरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौं, बैशाख २८

कास्कीको पोखरा महानगरपालिका–१० अमरसिंहचोक स्थित खेलकुद मैदानमा पार्किङ गरी राखेको ग.१ ख ६५९५ नम्बरको बसभित्र महिलालाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मादी गाउँपालिका–९ घर भई पोखरा महानगरपालिका–१० अमरसिंहचोक बस्ने ३६ वर्षीय चन्द्र बहादुर थापा, मादी गाउँपालिका–१२ भगवतीटार बस्ने ३८ वर्षीय कृष्ण रानाभाट र २९ वर्षीय विनोद परियार रहेका छन् ।

उनीहरूले खाजा खान जाम भनी ललाई फकाई गरी उक्त बसभित्र लगि बियर समेत सेवन गर्न लगाई सामूहिक जबरजस्ती करणी गरेको अवस्थामा सिआरभी अमरसिंहचोकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत कास्कीबाट करणी सम्बन्धी कसूर मुद्दामा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

लमजुङको १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यनेपाल नगरपालिका–७ चिसाङ्कु बस्ने ४६ वर्षीय नवराज घिमिरेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घिमिरेले ती किशोरीलाई सोही ठाउँस्थित भिरबारी जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।