ठगी सम्बन्धी मुद्दामा संलग्न व्यक्ति पक्राउ

ठगी सम्बन्धी मुद्दामा संलग्न व्यक्ति पक्राउ

कास्की, बैशाख २८

ठगी सम्बन्धी मुद्दामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका–३१ बस्ने २८ वर्षीय सुवास सुवेदीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सुवेदीले ‘म मुख्यमन्त्रीको पिए हुँ’ तुरून्तै पोखरा–काठमाडौं र काठमाडौं–नेपालगञ्जको टिकट बुक गरिदिनुहोस पैसा म क्युआर कोड मार्फत पठाईदिन्छु भनी सोही महानगरपालिका–६ लेकसाईडस्थित एके टुर्स एण्ड ट्राभल्स प्रालिमा फोन गरी टिकट काट्न लगाई पैसा नपठाई ठगी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । 
उनी उपर आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।