सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, बैशाख २८

धनुषाको धनुषाधाम नगरपालिका–८ मुलाबारीस्थित सडकमा धनुषाधामबाट मुलाबारीतर्फ जाँदै गरेको ज.१ च १६५६ नम्बरको पिकअपको ठक्करबाट सोही ठाउँ बस्ने धर्मेन्द्र कुमार मण्डलको छोरा ५ वर्षीय अरब कुमार मण्डलको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

इलामको सन्दकपुर गाउँपालिका–५ सापकोटा गाउँस्थित सडकमा बिप्ल्याटेबाट जमुनातर्फ जाँदै गरेको प्र.१–०३–००१ च ००६९ नम्बरको पिकअप अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा पिकअपका सहचालक इलाम नगरपालिका–५ बस्ने २३ वर्षीय तोया आचार्यको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर  घाइते भएका उनको उपचारको लागि इलाम अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा सामान्य घाइते भएका पिकअप चालकलाई उपचारको लागि इलाम अस्पतालतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।