श्रोत नखुलेको ९८ लाख रुपैया ँसहित दरबारमार्गबाट दुई जना पक्राउ

श्रोत नखुलेको ९८ लाख रुपैया ँसहित दरबारमार्गबाट दुई जना पक्राउ

काठमाडौं, बैशाख २८

श्रोत नखुलेको ९८ लाख रुपैया सहित काठमाडौंको दरबारमार्गबाट दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा रुपन्देहीको सियारी गाउँपालिका वडा नं ७ घर भएका २८ बर्षिय समिर सुनार र रुपन्देहीको सियारी गाउँपालिका वडा नं ७ नैं घर भएका २९ बर्षिय मिलन बिक रहेका छन् ।  

पक्राउ परेकाहरुको साथबाट ९८ लाख रुपैंयाँ नगद सहित फोर्ड गाडी बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार का.म.नपा वडा ५ मालिगाउँमा मिलन बिक समेतका व्यक्तिहरुले हुण्डी कारोबार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा खोजी गर्ने क्रममा ति व्यक्तिहरु पक्राउ परेका हुन । उनीहरु उपर थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।