अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

काठमाडौं, बैशाख ३० 

धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित  सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिवास नगरपालिका–२ टावरटोल बस्ने २३ वर्षीय दिपक महतो र सोही ठाउँ बस्ने २८ वर्षीय सुभाष परियार रहेका छन् । इलाका प्रहरी कार्यालय ढल्केबर, लागूऔषध नियन्त्रण ब्यूरो जनकपुर र अस्थाई प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले ढल्केबरबाट बर्दिबासतर्फ जाँदै गरेको प्र.३–०२–०१ प ०२८३  र ज.१२ प१४१६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

कैलालीको टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित टिकापुर नगरपालिका–९ बस्ने २२ वर्षीय बिरेन्द्र साउदलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।