आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, बैशाख ३० 

झापाको दमक नगरपालिका–७ सयपत्री टोल बस्ने मोहमद मुन्सीको घरमा गएराति आगलागी हुँदा घर, घरभित्र रहेको नगद ३ लाख रूपैयाँ, १० बोरा कपडा, अन्नपात र भाँडावर्तन समेत जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

मोरङको बुढिगंगा गाउँपालिका–६ सखुवाटोकी बस्ने संजय चौधरीको किवान्स कृषि फर्ममा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा नगद ४७ हजार रूपैयाँ, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, बा.५२ प ११८ नम्बरको मोटरसाइकल पूर्णरुपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । ललितपुरको ललितपुर महानगरपालिका–२८ हरिसिद्दीस्थित पुरानो ग्यारेजमा जम्मा गरी राखेको कवाडी गाडीमा आइतबार आगलागी भएको छ । नजिकैको एसियन पेन्ट्सको गोदाममा समेत आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।