मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण

काठमाडौं, बैशाख ३१

मुक्तिनाथ विकास बैंक लि.ले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ । सोही क्रममा बैंकले धादिङ्ग स्थित बद्री विशाल मा. वि. र स्वर्णिम एकाडेमीमा १८२ विद्यार्थीहरुलाई चाहिने  स्टेशनरी सामानहरु (जस्तै कपि, कलम, पेन्सिल, पेन, आदि ) हस्तान्तरण गरेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका संचालक तथा कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीज्यूहरुको उपस्थिति रहेको थियो । यो सहयोगबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुमा शिक्षा प्रति थप उर्जा ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ ।