२४ अंकले बढ्यो नेप्से

२४ अंकले बढ्यो नेप्से

काठमाडौं, बैशाख ३१

नेप्से बढेको छ ।  अघिल्लो दिन आठ दशमलव २६ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार २४ दशमलव ३९ अंकले बढेर १९ सय ९८ दशमलव ८९ अंकमा पुगेको छ भने सेन्सिटिभ पाँच दशमलव ८३ अंकले बढेर तीन सय ५६ दशमलव ६५ अंकमा चढेको छ । 

नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको ४५ हजार आठ सय २८ पटकको कारोबारमा ९५ लाख ४१ हजार १७ कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ४० करोड ८६ लाख आठ हजार एक सय ५७ रुपैंयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा फाईनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक र व्यापार समुहको सुचक घटेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक बढेका छन् ।

नेप्सेमा आज नारायणी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाएको छ भने सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको संस्थापक सेयरतर्फ भने आज सबैभन्दा बढी रकम कारोबरा भएको छ ।