माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

काठमाडौं, बैशाख ३१

माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बिमा अन्र्तगतको १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । बैंकको आर्दशनगर विरगञ्ज स्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादबको बाईक दुर्घटनामा मृत्यु पश्चात उनकी श्रीमती शोभा यादवले गर्नुभएको दाबी अनुसार मिति २०८१-०१-३० गते उक्त बिमा रकम श्रीमती यादवलाई हस्तान्तरण गरेको हो । 

बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दावी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरेका हुन । बैंकल न्यू स्मार्ट तलव खाता अन्र्तगत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बिमा, १ लाख सम्म अस्पताल भर्ना एंव औषधि उपचार बिमा सुविधा प्रदान गर्दै आइरहेको छ ।