इ–नेट पेमेन्ट प्रा.लि.को भुक्तानी उपकरणको सञ्चालनमा प्रतिबन्ध

इ–नेट पेमेन्ट प्रा.लि.को भुक्तानी उपकरणको सञ्चालनमा प्रतिबन्ध

काठमाडौं, बैशाख ३१

नेपाल राष्ट्र बैंकले इ–नेट पेमेन्ट प्रा.लि. को भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको छ । सोमबार सुचना जारी गर्दे राष्ट्र बैंकले इ–नेट पेमेन्ट प्रा.लि. को भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको हो ।

भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने गरी मिति २०७६-११-२१ मा अनुमतिपत्रप्राप्त इ–नेट पेमेन्ट प्रा.लि. ले बैंकको निर्देशनको परिपालना नगरेको देखिएकोले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १(ग) को व्यवस्था बमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको मितिले ३१ औं दिन देखि लागू हुने गरी खारेज गरिएको हो । उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेन÷दायित्व बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क राष्ट्र बैंकले आव्हान गरेको छ ।