जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ, बैशाख ३१

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका–५ जङग्रहवा बस्ने २० वर्षीय धर्मेन्द्र यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । यादवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।