सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान सञ्चालन

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान सञ्चालन

काठमाडौं, जेठ १


सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ ।


कम्पनीका अनुसार यो पुनर्जागरण अभियान यही २०८१ जेठ १ गते देखी २५ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्नपर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।


हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ ।