स्ट्रिप च्याट मार्फत अश्लि ल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ

स्ट्रिप च्याट मार्फत अश्लि ल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ

काठमाडौं, जेठ १

स्ट्रिप च्याट मार्फत बालबालिकाहरूलाई अश्लिनल यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा सिन्धुपलाचोक पाँचपोखरी गाउँपालिका–६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

उनलाई ‘स्ट्रिप च्याट’मा प्रयोग गरेका ल्यापटप, मोबाइल, वेब क्यामेरा र पारदर्शी कपडासहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । अधिकारीले बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी अनलाई टाइपिङको रोजगारी उपलब्ध गराई दिने भन्दै सामाजिक संजालमा विभिन्न एकाउन्टहरू खोली सोही एकाउन्ट मार्फत अश्लि ल कुराकानी गर्न लगाउने र अश्लिाल यौनजन्य क्रियाकलापमा संलग्न गराई अश्लिहल सामग्री निर्माणमा प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसूर मुद्दामा आवश्यक कारावाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।