अवैध लागूऔषधसहित तीन जना पक्राउ

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं, जेठ १ 

झापाको भद्रपुर नगरपालिका–४ नर्सिङ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित सोही नगरपालिका–३ ज्ञानेचोक बस्ने २३ वर्षीय उज्वल मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ७० मिलिग्रामसहित मैवाखोला गाउँपालिका–४ घर भई इलाम माई नगरपालिका–४ दानाबारी बस्ने ३१ वर्षीय उमेश शेर्पालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ७९७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटो चालक शेर्पालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको बिराटनगर महानरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५२० मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका–१८ बस्ने २९ वर्षीय जेस राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३१ प ३२५५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।