एन आई सी एशिया बैंक तथा एन आई सी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता

एन आई सी एशिया बैंक तथा एन आई सी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता

काठमाडौं, जेठ १

एन आई सी एशिया क्यापिटलले विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता”अभियान संचालन गरी एन आई सी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट निक्षेप सदस्य अन्तर्गतका सेवाहरु प्रदान गर्दै आइरहेको छ । उक्त “एक नेपाली, एक डिम्याट खाता” अभियान मार्फत देशको दुर दराजमा बसोबास गर्ने नेपालीहरुमा डिम्याट खाताको पहुँच विस्तार गर्ने मुख्य उद्देश्यका साथ एन आई सी एशिया क्यापिटल लिमिटेड, क्यापिटलको शाखा कार्यालयहरु, एन आई सी एशिया अनलाईन डिम्याट सेवा र एन आई सी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट मिति २०८१ साल, जेठ १ गते देखि मिति २०८१ साल आषाढ मसान्त सम्म निःशुल्क रुपमा डिम्याट खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ ।  

एन आई सी एशिया क्यापिटलले पछिल्लो समयमा आफ्नो सेवाहरुलाई प्रविधिको प्रयोग गरी आम सर्वसाधारणहरुलाई क्यापिटलको सेवा “लाईनमा होईन अनलाईनमा” मा भन्ने नारा सहित क्यापिटलको अधिकांश सेवाहरु अनलाईन मार्फत लिन मिल्ने व्यवस्था मिलाइएको हुँदा क्यापिटलको वेभसाइट मार्फत सहजै निःशुल्क रुपमा डिम्याट खाता खोल्न सकिने कम्पनीले जनाएको छ । साथै क्यापिटलबाट प्रदान गरिने सेवाहरुको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नम्बरहरु ९८४७३४५०९९, ९८४७३४५१०७ र ९८५११२२९९४ मा सोझै सम्पर्क गर्न सकिने कम्पनीको भनाई छ ।