चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने

चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने

काठमाडौं, जेठ १

चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ । चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा उत्तम मिति हेरी टुङ्गो लगाइएको बताए । ‘मोदीबेनी’ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित कथा भन्ने निर्देशक शङ्कर कोइरालाले बताए । यस चलचित्रमा अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् भने उनको अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटीको अभिनय रहेको छ ।

यस चलचित्रबाट अभिनेत्री रेजिना उप्रेतीले करिब १२ वर्षपछि कमब्याक गरेकी छन् । निर्देशक कोइरालाले पनि यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका छन् । ‘मोदीबेनी’ मा अमर, वर्षा र रेजिनासहित प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । यसमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल) को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ । रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् । चलचित्रको पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका छन् ।