हबद्धारा एजुकेशन फेयर आयोजना गर्दैः

हबद्धारा एजुकेशन फेयर आयोजना गर्दैः

काठमाडौं, जेठ १

हब इन्टरनेशनल एजुकेशनले हात्तीसरमा अवस्थित आफ्नै कम्प्लेक्समा मे १८, जेठ ५, २०२४, शनिबार बहुप्रतिक्षित ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर २०२४ आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि उत्कृष्ट शैक्षिक परामर्श लिन सहयोग गर्ने छ ।यूके, आयरल्याण्ड, क्यानडा, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, न्युजिल्याण्ड, भारत र दुबई लगायत ८+ देशका ३० भन्दा बढी युनिभर्सिटी र इन्स्टिच्युटका प्रतिनिधिहरूले लक्षित बिध्यार्थीहरूलाई प्रत्यक्ष साक्षात्कार गर्ने भएका छन् ।

यसबाहेक, विद्यार्थीहरूले छात्रवृत्ति अवसरहरू र अन्य विभिन्न सुविधाहरूको बारेमा जानकारी प्राप्त गर्ने मौका पाउनेछन् । ग्रान्ड मल्टि डेस्टिनेसन एजुकेशन फेयर द्दण्द्दद्ध मा भाग्यशाली विजेताहरूले स्मार्टफोन, फूड भाउचर, चलचित्र टिकटहरू र अन्य धेरै रोमाञ्चक उपहारहरू प्राप्त गर्न सक्नेछन् । सहभागीहरूले उच्च शिक्षाको मार्ग कोर्दै रोमाञ्चक खेलहरू र गतिविधिहरूमा समेत भाग लिई प्रशस्त उपहार हरू हात पार्न सक्ने छन् ।  “यो कार्यक्रम शैक्षिक मेला मात्र होइन; यो बिदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरूको लागि असीम अवसरहरूको प्रवेशद्वार हो, हब इन्टरनेशनल एजुकेशनका चेयरम्यान उद्वब बहादुर खड्काले जानकारी गराए ।