नेप्सेमा हरियाली

नेप्सेमा हरियाली

काठमाडौं, जेठ १

नेप्सेमा हरियाली छाएको छ । आज मंगलबार नेप्से २८ दशमलव ६२ अंकले बढेर दुई हजार २७ दशमलव ५१ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६० अंकले बढेर तीन सय ६० दशमलव २६ अंकमा चढेको छ । तीन सय २० वटा कम्पनीहरुको ५९ हजार आठ सय ५६ पटकको कारोबारमा ९८ लाख ५५ हजार दुई सय ८५ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम चार अर्ब आठ करोड ८८ लाख ५३ हजार छ सय ६४ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुुचक दुई दशमलव ६५ अंकले बढेर एक हजार ५९ दशमलव ५३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ७६ दशमलव ३३ अंकले बढेर २४ सय ४५ दशमलव ८९ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ४१ दशमलव ८५ अंकले बढेर १० हजार ६५ दशमलव २४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ९० दशमलव शुन्य दुई अंकले बढेर १० हजार सात सय ४७ दशमलव ६६ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टेडिङ समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् । 
नेप्सेमा आज समाज लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने हिमालयन ऊर्जा बिकास कम्पनीले सबैभन्दा बढी गुमाएको छ । सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।