शुन्य दशमलव ७९ अंकले बढ्यो नेप्से

शुन्य दशमलव ७९ अंकले बढ्यो नेप्से

काठमाडौं, जेठ ३

नेप्से झिनो अंकले बढेको छ । आज बिहिबार नेप्से शुन्य दशमलव ७९ अंकले बढेर दुई हजार १८ दशमलव ७६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २७ अंकले बढेर तीन सय ५८ दशमलव ३७ अंकमा चढेको छ । तीन सय १५ वटा कम्पनीहरुको ५७ हजार दुई सय १८ पटकको कारोबारमा ८२ लाख ८२ हजार पाँच सय ५६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब २३ करोड ३८ लाख १६ हजार चार सय तीन रुपैंयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा लघुवित्त र अन्य समुहको सुचक बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक,, सामुहिक लगानी कोष र व्यापार समुहको सुुचक पनि घटेका छन् । नेप्सेमा आज हिमालयन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने माण्डु हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ ।  सिईडिबी हाईड्रोपावर कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।