महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरुमा देखियो अझै धेरै उत्साह !

महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरुमा देखियो अझै धेरै उत्साह !

काठमाडौं, जेठ ३

नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक वितरक, अग्नी ग्रुपले विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरि “महिन्द्रा उत्सव २०२३” विशेष योजना महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरुका लागि लागु गरेको थियो । त्यसै योजना अन्तर्गतका विजेताहरुको नामावली लक्की ड्र मार्फत गत मिती २०८० चैत्र ६ मा सार्वजनिक गरिएको थियो । 

जसमा वीरगन्ज निवासी आदेश कुँवरले महिन्द्रा इलेक्ट्रिक तीन पाँग्रे रिक्सा–ट्रियो यारी, विर्तामोड निवासी मिसेक फयाकले जावा फोर्टी टु मोटरसाइकल र चरिकोटबाट देवकोटा निर्माण सेवा प्रा. ली.ले पांच केभीए महिन्द्रा पावरोल जेनेरेटर जितेका थिए । विजेताहरुलाई स्थानिय कार्यक्रम मार्फत उपहार प्रदान गरिने कम्पनीले जानकारी दिइएको थियो । त्यसै अनुरुप ५ केभीए महिन्द्रा पावरोल जेनेरेटर जित्नु भएका चरिकोटका देवकोटा निर्माण सेवा प्रा. ली. लाई मिती २०८१ वैशाख २६ गते काठमाडौंमा उक्त पुरस्कार हस्तानतरण गरिएको थियो ।

त्यसैगरी जावा फोर्टी टु मोटरसाइकलका विजेता मिसेक फयाकलाई उनकै स्थानिय ठाउँ विर्तामोडमा मिती २०८१ वैशाख २७ गते स्थानिय कार्यक्रम मार्फत उक्त पुरस्कार हस्तान्तरण गरिएको थियो भने महिन्द्रा इलेक्ट्रिीक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारी जितेका आदेश कुँवरलाई पनि उहाँकै स्थानिय ठाउँ वीरगन्जमा मिती २०८१ वैशाख २९ गते उक्त पुरस्कार विशेष कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको थियो ।

नेपालको अटोमोबाइल र ट्रयाक्टरहरूको बजारमा कृषक तथा ग्राहकहरुको आवश्यकता अनुरुप उल्लेखनिय भुमिका खेल्दै आएको अग्नी ग्रुपले “महिन्द्रा उत्सव” योजना २०७६ देखि सुभारम्भ भएको थियो र आगामी दिनहरुमा पनि ग्राहकहरुको लागि यस्तै विशेष योजनाहरु लिएर आउने कुरा जानकारी दिएका छन् ।