२ किलो ६५४ ग्राम कोकिनसहित तीन जना पक्राउ

२ किलो ६५४ ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं, जेठ ३

अवैध लागूऔषध कोकिन २ किलो ६ सय ५४ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा युगान्डाका नागरिक ४४ वर्षीया केभिनिया मुगल, लिलियन सुसन वानेन्जी तथा भारतीय नागरिक ३३ वर्षीया दिवाजानी पाल रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले प्भ्ख्क्ष्ल्ब् लाई १ किलो २ सय ६० ग्रामसहित आइतबार काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा वानेन्जीलाई १ किलो ३ सय ९४ ग्रामकोकिनसहितर उक्त लागूऔषधको कारोबारमा संलग्न दिवाजानीलाई ठमेल धोविचौरस्थित होटेलबाट बुधबार पक्राउ गरेको हो । उनीहरू उपर लागूऔषधनियन्त्रण ऐन,२०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।