आगलागी पिडितलाई राहत वितरण

आगलागी पिडितलाई राहत वितरण

काठमाडौं, जेठ ४

कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पिडित जयदेब ठगुन्नासहित ५ जनाको परिवारलाई जेठ ३ गते राहत वितरण गरिएको छ । नंं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको डिजास्टर रिलिफ सिष्टममा रहेका विभिन्न राहतका सामान नं. ३५ शैलेश्वरी गण कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दले वितरण गर्नुभएको होे ।

पिडितहरुलाई दैनिक प्रयोग हुने भाडावर्तन, कपडा आदि वितरण गरिएको छ । विभिन्न विपद्मा परी घरवार बिहिन भएका नागरिकहरुलाई तत्काल अस्थायी बसोवास र दैनिक उपभोग्य सामानसहितको २८ वटा डिजास्टर रिलिफ सिष्टम कन्टेनर सशस्त्र प्रहरी बलका १३ जिल्लाका १५ वटा युनिटहरुमा रहेका  छन् । यसअघि जाजरकोट र पश्चिम रुकुमको भुकम्पबाट प्रभावित भएका नागरिकलाई समेत ५ वटा डिजास्टर रिलिफ सिष्टम मार्फत सहयोग उपलब्ध गराईएको थियो ।  

गत वैशाख २१ गते ठगुन्नाको भान्सा कोठामा राखिएको ग्याँस सिलिण्डर लिक भई अचानक आगलागी हुँदा घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन, नगद, जिन्सी सामान लगायत पशुचौपाया जली नष्ट भएको बताईएको थियो ।