छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, जेठ ४

रौतहटको देवाही गोनाही नगरपालिका–४ फुलवरीया टोलस्थित सडकमा प्रदेश २–०३–००१ ख ७०२७ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने शेख अस्ताककी छोरी ४ वर्षीया खतिजा खातुनको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुल्मीको रूरूक्षेत्र गाउँपालिका–१ मकर्दीस्थित सडकमा पोखराबाट तम्घासतर्फ जाँदै गरेको लु.१ ख ८१७५ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा सहचालक हाल वतन नखुलेका अन्दाजी ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार ७ जनाको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भइरहेको छ भने ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । 

पर्साको पोखरीया नगरपालिका–९ बैरीयास्थित सडकमा मधेश प्रदेश–०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकल र ना.२८ प ९४४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा ना.२८प ९४४३ नम्बरको मोटरसाइकलमा सवार वीरगंज महानगरपालिका–१९ केहुनिया बस्ने २२ वर्षीय ईरफान मियाँको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि निलकण्ठ अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मधेश प्रदेश–०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको नेशनल मेडिकल शिक्षण अस्पताल वीरगंज र ना.२८प ९४४३ नम्बरको मोटरसाइकलका चालकको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको छ । 

सिरहाको भगवानपुर गाउँपालिका–२ जनता चोकस्थित सडकमा भगवानपुर चोकबाट सप्तरीतर्फ जाँदै गरेको प्रदेश ०२–०१–००१ ह ०४२३ नम्बरको सिटी रिक्सा अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा रिक्सामा सवार सप्तरी सुरूङ्गा नगरपालिका–७ पोखरिया बस्ने ४७ वर्षीया दुर्गी पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सप्तऋषी अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका रिक्सामा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।