मौलाकाली केबलकार

मौलाकाली केबलकार

नारायणगढ (चितवन) ः

पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका लागि सञ्चालनमा आएको मौलाकाली केबलकार । पूर्व–पश्चिम राजमार्गको नारायणी पुलबाट उत्तरतर्फ दुई किलोमिटरमा मन्दिर फेदीको प्रवेशद्वार पुगिन्छ ।

मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्र रमणीय हरियाली वातावरणमा केबलकार टप स्टेसन पुग्छ । यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ । यहाँ कुल १२ डब्बा छन् । गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केबलकारको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

मौलाकाली केबलकार आयोजनामा मुख्य लगानीकर्ता आइएमई समूहको ५१ प्रतिशत सेयर छ । बाँकी ४९ प्रतिशत लगानी स्थानीय बासिन्दाको रहेको छ । दुई अर्ब रुपैयाँमा चारतारे होटेलसहित केबलकारको पूर्वाधार निर्माण गरिएको हो ।

तस्बिर ः सनद अधिकारी÷रासस