नेप्सेमा उच्च बृद्धि
काठमाडौं, जेठ ६
नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ४५ दशमलव ६९ अंक बढेर दुई हजार ६४ दशमलव ४५ अंकमा पुगेकोमा सेन्सिटिभ पनि आठ दशमलव ३९ अंकले बढेको छ । नेप्सेमा आज तीन सय २३ वटा कम्पनीहरुको ७४ हजार नौं सय ९१ पटकको कारोबारमा एक करोड २२ लाख ५० हजार कित्ता सेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार पाँच अर्ब २५ करोड १० लाख रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज कारोबार भएका मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै समुहहरुका सुचक उच्च अंकले बढेर नेप्से पुरै हरियो भएको छ ।
नेप्सेमा आज फष्र्ट माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने माण्डु हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी परेको छ ।