जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

संखुवासभा, जेठ ६

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मादी नगरपालिका–६ पुलुङ बस्ने २१ वर्षीय गयामणी राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती किशोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मादिराम्बेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।