आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, जेठ ६

रूकुम पश्चिमको मुसिकोट नगरपालिका–३ माझमी बस्ने ६० वर्षीय गोर्ख बहादुर खत्रीको घरमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा घरमा रहेको नगद १ लाख रूपैयाँ, खाद्यान्न, लत्ताकपडा लगायतका सरसामान जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछा बस्ने भगली मोतेको घरमा शनिबार दिउँसो आगजनी हुँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन, सुनको गरगहना गरी करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगजनी गरेको अभियोगमा उनकै छोरा ३२ वर्षीय श्याम कुमार मोतेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।