गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं, जेठ ७

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले बागमती प्रदेश, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमा विद्यालयका प्रधानाध्यापक श्री पुष्प राज जोशी, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.का सहायक महाप्रबन्धक अर्चना प्रधान, अनुपलना अधिकृतको उपस्थितिका साथै संस्थाका अन्य कर्मचारीहरु तथा सो विद्यालयको शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको समुपस्थिति रहेको थियो ।

यो वित्तीय साक्षरता कार्यक्रमले लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्नेे तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । फाईनान्सले हाल मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।