किर्ते जालसाजी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, जेठ ७
किर्ते जालसाजी मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका–१० बस्ने ५० वर्षीय अशोक सिंहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७० वैशाख २५ गतेको फैसलाले किर्ते जालसाजी मुद्दामा १५ हजार ४ सय १२ रूपैयाँ ५० पैसा जरिवाना ठहर भई फरार रहेका सिंहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कालिमाटीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ ।