२७ अंंकले बढ्यो नेप्से

२७ अंंकले बढ्यो नेप्से

काठमाडौं, जेठ ७

नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन बढेको नेप्से साताको दोस्रो दिन आज सोमबार २७ दशमलव ५४ अंकले बढेर दुई हजार ९२ अंकमा पुगेको छ भने सेन्सिटिभ सात दशमलव ३१ अंकले बढेर तीन सय ७४ दशमलव शुन्य सात अंकमा पुगेको छ । तीन सय १५ वटा कम्पनीहरुको ८० हजार नौं सय ८२ पटकको कारोबारमा एक करोड ४३ लाख ७० हजार छ सय ८९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार दुई सय १२ रुपैँंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमुलक र लघुवित्त समुहका सुचक घटेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक बढेका छन् । नेप्सेमा आज सामुदायिक लघुवित्त वित्तीय संस्थाले सबै भन्दा बढी कमाएको छ भने उपकार लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । पोखरा फाईनान्सको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।