सामसङको ग्यालेक्सी एम १५ फाइभजी नेपालमा

सामसङको ग्यालेक्सी एम १५ फाइभजी नेपालमा

काठमाडौ जेठ ७

सामसङ नेपालले ग्यालेक्सी एम १५ फाइभजी लन्च गर्ने औपचारिक घोषणा गरेको छ । ग्यालेक्सी एम सिरिजमा नवीनतम विशेषताहरु थप गरेर यो फोन निर्माण गरिएको हो । कम्पनीका अनुसार यो स्मार्टफोन ब्लू टोपाज र स्टोन ग्रे गरी दुई आकर्षक रंगहरूमा उपलब्ध हुनेछ । साथै यसमा ६ हजार एमएएच ब्याट्रीको रहेको छ, जसले स्मार्टफोनलाई दुई दिनसम्म पावर गर्न सक्छ । यो फोनमा २५ वाट सामसङ एडेप्टर निःशुल्क उपलब्ध गराईने कम्पनीले जनाएको छ । यो डिभाइसमा ५० एमपी ट्रिपल क्यामेरा र १३ एमपी फ्रन्ट क्यामेरा छ । साथै यो फोनमा डिफेन्स ग्रेड नोक्स सेक्युरिटीपनि समावेश छ ।

हार्डवेयरमा आधारित सुरक्षा प्रणालीले प्रणालीको मुख्य प्रोसेसर र मेमोरीबाट भौतिक रूपमा अलग्गै सुरक्षितबनाएर हार्डवेयर र सफ्टवेयर आक्रमणहरू विरुद्ध राम्रो सुरक्षा प्रदान गर्दछ । यसका साथै यसमा क्वीक शेयर सुविधाले प्रयोगकर्ताहरूलाई तुरुन्तै फाइलहरू, फोटोहरू र कागजातहरू टाढा भए पनि ल्यापटप र ट्याब लगायतका कुनै पनि अन्य उपकरणसँग शेयर गर्न सकिनेछ । 

ग्यालेक्सी एम१५ फाइभजीको मुल्य ६-१२८ जिबी स्टोरेज भेरिएन्टको लागि २५ हजार नौं सय ९९ रुपैयाँ तोकिएको छ । साथै, देशभरका २ हजारभन्दा बढी अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवा लिएर शुन्य प्रतिशत ब्याज दरमा इएमआईमा सजिलैसँग यो नयाँ फोन किन्न सकिने कम्पनीले जानकारी दिएको छ ।