२३ अंकले बढ्यो नेप्से,बिकास बैंक र व्यापार बाहेक सबै सुचक हरियो

२३ अंकले बढ्यो नेप्से,बिकास बैंक र व्यापार बाहेक सबै सुचक हरियो

काठमाडौं, जेठ ८


नेप्से पुन बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार पनि २३ दशमलव ९४ अंकले बढेर २१ सय १५ दशमलव ९४ अंकमा पुगेकोमा सेन्सिटिभ पनि तीन दशमलव ५३ अंकले बढेर तीन सय ७७ दशमलव ६० अंकमा चढेको छ । 


नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको ७३ हजार छ सय ६७ पटकको कारोबारमा एक करोड ३२ लाख ४१ हजार दुई सय १७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम पाँच अर्ब २० करोड ६२ लाख आठ हजार एक सय ११ रुपैंयाँ पुगेको छ ।  
 

नेप्समा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बिकास बैंक र व्यापार समुहको सुचक घटका छन् भने बाँणिज्य बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक बढेका छन् ।


नेप्सेमा आज जानकी फाईनान्सले सबै भन्दा बढी कमाएको छ भने शाईन रेसुंगा डेभलपमेन्ट बैंकले सबै भन्दा बढी गुमाएको छ । पोखरा फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।