छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, जेठ ९

कपिलवस्तुको शिवराज नगरपालिका–५ बालापुर मोडस्थित सडकमा ना. ६ ख ६५६२ नम्बरको ट्रकले लु. १६ प ७५९९ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बुद्धभुमि नगरपालिका–९ बस्ने ५५ वर्षीय जलेश्वर प्रसाद थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

महोत्तरीको बलवा नगरपालिका–७ बनौटास्थित सडकमा प्रदेश २–०२–००२ प ३५०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रामजानकी हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही हेल्थ केयरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।