आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, जेठ ९

काठमाडौंको गोकर्णेश्वठर नगरपालिका–६ जोरपाटी ओरालो बस्ने रबिना मगरको आले सामु पसलमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा फ्रिज १ थान, दराज १ थान र अन्य फर्निचरको सामानहरू जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

नवलपरासी पश्चिमम, सरावल गाउँपालिका–७ भटौलिया बस्ने फतई कुर्मीको घरमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने बलाही कुर्मीको र संसोदिन जोलाहाको घरमा समेत आगलागी हुँदा तीनै जनाको गरी करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

रूपन्देहीको बुटवल उपमहानगरपालिका–६ भुड्कीचोकस्थित सडकमा गुडिराखेको ना.६ ख ८३१५ नम्बरको ट्रकको कन्टेनरभित्र रहेको सामानमा मंगलबार साँझ आगलागी हुँदा ट्रकका वाईरिङका तारहरू, मिठाई, औषधि लगायतका सामानहरू जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।