१५ अंकले बढ्यो नेप्से, चार वटा समुहले कमाउँदा नौं वटा समुहले गुमाए

१५ अंकले बढ्यो नेप्से, चार वटा समुहले कमाउँदा नौं वटा समुहले गुमाए

काठमाडौं, जेठ ९

नेप्से बढेको छ । आज बुधबार नेप्से १५ दशमलव ५४ अंकले बढेर २१ सय ३१ दशमलव ४९ अंकमा पुगेकोमा सेन्सिटिभ पनि पाँच दशमलव शुन्य छ अंकले बढेर तीन सय ८२ दशमलव ६७ अंकमा चढेको छ । तीन सय १८ वटा कम्पनीहरुको ७० हजार ५१ पटकको कारोबारमा एक करोड ४४ लाख १९ हजार पाँच सय २१ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम पाँच अर्ब ६८ करोड ७६ लाख ८० हजार नौं सय १२ रुपैंयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बाँणिज्य बैंक, बिकास बैंक, होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहको सुचक बढेपनि फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमुलक, अन्य र व्यापार समुहको सुुचक घटेका छन् ।

नेप्सेमा आज सामुदायिक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने मानुषी लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।