सन नेपाल लाईफको सातौं बार्षिक साधारण सभा सम्पन्न

सन नेपाल लाईफको सातौं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, जेठ ९

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक सााधारण सभा सम्पन्न भएको छ । कम्पनीले बुधबार काठमाडौंको कालिकास्थास्थित अमृतभोग केटरर्समा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७९-८० को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९-८० (एनएफआरएस बमोजिम) को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण, सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक बर्ष २०७९-०८० को वित्तिय विवरणहरु सहितको एकीकृत वित्तिय विवरण, आर्थिक बर्ष २०७९-८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता तीन अर्ब २० करोड रुपैयाँको २३ दशमलव ८० प्रतिशतले हुन आउने रकम ७६ करोड १६ लाख रुपैंयाँ बराबरको बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

कम्पनीले बोनश सेयरमा लाग्ने कर प्रयोजनको लागि एक दशमलव २५ प्रतिशतका दरले हुन आउने चार करोड ८४ हजार दुई सय १० रुपैंयाँ नगद लाभाँस वितरण गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालक स्नेहा शर्माको निर्वाचन र कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक बर्ष २०८०-८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्तावहरु पारित गरेको छ । 

यसैगरी कम्पनीले आर्थिक बर्ष २०७९-८० सम्मको वितरणयोग्य मुनाफाबाट यस कम्पनीको चुक्ता पूँजी रकम तीन अर्ब २० करोड रुपैंयाँको २३ दशमलव ८० प्रतिशतले हुन आउने रकम ७६ करोड १६ लाख रुपैंयाँ बराबरको बोनश शेयर जारी गर्ने, बोनस शेयर जारी गर्दा चुक्ता पूँजी तीन अर्ब ९६ करोड १६ लाख रुपैंयाँ कायम हुने र अपुग चुक्ता पुँजीको लागि २७ प्रतिशत अर्थात एक बराबर शुन्य दशमलव २७ (१ः०.२७) को अनुपातमा हकप्रद सेयर जारी गर्न समेतको प्रस्ताव पारित गरेको छ ।