छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौ, जेठ १०

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित सडकमा तुलसीपुरबाट जसपुरतर्फ जाँदै गरेकोरा.६ प६०४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६२ वर्षीया रेश्मी खत्रीको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिकअस्पताल तुलसीपुरमा उपचारकोक्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१२ तिनकुने चोक नजिक सडकमा बसपार्कबाट पिपिरातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीय लोक बहादुर शाहीको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार कार र चालकको प्रहरीले खोजी गरिरहेको छ । 

ललितपुरको ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित सडकमा हाल नम्बर नखुलेको टिपरले प्रदेश २–१–००२ प९१७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा जिझौली घर भई काठमाडौं कोटेश्वर बस्ने ३२ वर्षीय जयनाथ यादवको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सुनसरको कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित सडकमा भण्टाबारीबाट ईनरूवातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको एम्बुलेन्सको ठक्करबाट हाल नाम, थर,वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिपिकोईराला स्वास्थ्य बिज्ञानप्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने एम्बुलेन्स र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।