एमएडब्लु वृद्धिले डोङफेङ मोटर्ससँग गर्यो सम्झौता,
काठमाडौं, जेठ १०
नेपाली अटोमोबाइल उद्योगमा प्रतिष्ठित एमएडब्लु वृद्धिले डोङफेङ प्यासेन्जर भेइकलको आधिकारिक वितरक बनेको गर्वका साथ घोषणा गरेको छ । कम्पनीको पहिलो राइट ह्यान्ड ड्राइभ उत्पादन नामी ०१ नेपाली बजारमा उपलब्ध हुने र यसले नेपालको ह्याचब्याक सेगमेन्टमा नयाँ पन ल्याउने कम्पनीको अपेक्षा छ । प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी ०१ मा ४०३०÷१८१०÷१५७० एमएम डाइमेन्सन, २६६० एमएम ह्विलबेस, १७६ एमएम ग्राउन्ड क्लियरेन्स र स्टाइलिस आर१७ ह्विल रहेको छ । यसमा भएका सेगमेन्ट फस्र्ट फ्रेमलेस डोर, फ्लस ह्यान्डल्स र सेल्फ पार्किङ क्षमतायुक्त इनोभेटिभ टेक्नोलोजी र डिजाइनले गाडीलाई अन्य भन्दा फरक देखाएको छ ।
पाँच व्यक्ति आरामका साथ बस्न मिल्ने नामी ०१ सात आकर्षक कलरमा उपलब्ध छ, जस मध्ये चार सिंगल कलर र तीन ड्युअल टोन कम्बिनेसनमा उपलब्ध छ । ककपिटमा ५ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल, टु–स्पोक मल्टी–फङ्सनल स्टेयरिङ ह्विल र १२.८ इन्चको सेन्ट्रल स्क्रिन रहेको छ, जुन मोबाइल रिमोट कन्ट्रोल र ओभर–द–एयर अपडेट सहित उपलब्ध छ । ४२.३ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याकद्वारा सुसज्जित नामी ०१ ले एनईडीसी साइकल अनुसार ४३० किलोमिटरको रेन्ज दिन्छ । डीसी चार्जरको प्रयोग गरी यसलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
कम्प्याक्ट इलेक्ट्रिक भेइकल टेक्नोलोजी र डिजाइनमा नयाँ युगको सुरुवात गर्ने प्रतिज्ञाका साथ एमएडब्लु वृद्धिले छिट्टै नै सो गाडी नेपाली बजारमा उपलब्ध गराउने छ । नेपाली ग्राहकलाई यसको अद्वितीय प्रविधि र आकर्षक डिजाइनले मोहित पारेर ह्याचब्याक सेगमेन्टको बजारमा नयाँ स्ट्यान्डर्ड तयार गर्ने कम्पनीको अपेक्षा छ । त्यसैगरी यसले वातावरणमैत्री ड्राइभिङ अनुभव समेत उपलब्ध गराउन भूमिका खेल्ने छ ।
आयातकर्ताको प्रोफाइल ः
एमएडब्लु वृद्धि एमएडब्लु ग्रुप अन्तर्गतको कम्पनी हो । एमएडब्लु ग्रुप अन्तर्गत चांगान, फोटोन, सेरेस, जेसीबी, स्कोडा, जिप, आइसर, यामाहा लगायत कमर्सियल र प्यासेन्जर सेगमेन्टका २० भन्दा बढी ब्रान्ड उपलब्ध छन् । देशभर रहेका ३०० भन्दा बढी टच पोइन्टको फैलिदो नेटवर्कमार्फत सो ग्रुपले कार्य गरिरहेको छ । सो ग्रुपसँग १ हजार २ सय भन्दा बढी कर्मचारी सहितको डेडिकेटेड टिम छ, जसले उच्च स्तरको सेवा र ग्राहक सन्तुष्टिको सुनिश्चितता गरेका छन् ।