सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, जेठ ११

चितवनको कालिका नगरपालिका–१० पाईमाराङ्स्थित सडकमा काउलेबाट सिद्धीतर्फ जाँदै गरेको बा.प्र ०३–००१ क २५८ नम्बरको जेसिबि सडकबाट करिब ३ सय मिटर तल खसेर बिहिबार दिउँसो दुर्घटना हुँदा चालक खैरहनी नगरपालिका–१० बस्ने ३६ वर्षीय कृष्ण बहादुर थापाको घटनास्थलमै मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजारस्थित सडकमा से.४ प १४३० नम्बरको मोटरसाइकल र  सु.प.प्र.०१–०१ प ९७४४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा र  सु.प.प्र.०१–०१ प ९७४४ नम्बरको मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–५ देउकलिया बस्ने ३९ वर्षीय चनकलाल चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएको उनको मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका से.४ प १४३० नम्बरको मोटरसाइकलमा सवार २ जना मध्ये १ जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ भने र अन्य १ जनालाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी पठाइएको छ । रूपन्देहीको मायादेबी गाउँपालिका–८ बडिलियास्थित सडकमा ग.२ ख १३९३ नम्बरको ट्रकको ठक्करबाट सिद्धार्थनगर नगरपालिका–९ कठौतिया बस्ने १६ वर्षीय गोलु मल्लाहको बिहिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सिटी अस्पताल भैरहवा हुँदै थप उपचारको लागि भारततर्फ लैजाने क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।