एयर गनसहित एक जना पक्राउ

एयर गनसहित एक जना पक्राउ

रूपन्देही, जेठ १३

सैनामैना नगरपालिका–४ हडैया बस्ने २३ वर्षीय मोहन मल्लाहलाई एयर गन १ थानसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौरबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित बाटोमा म्याग्जीन नभएको उक्त गन बोकेर हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।