पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

काठमाडौं, जेठ १३

नुवाकोटको बेलकोटगढी नगरपालिका–१० तादिखोलामा पौडी खेल्ने क्रममा डुबेर ककनी गाउँपालिका–४ बस्ने १८ वर्षीय हिमाल तामाङ र रोजन तामाङको शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनीहरूको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । 

सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर गढी गाँउपालिका–१ बस्ने बैजु रिषिदेवकी छोरी ८ वर्षीया पवित्रा रिषिदेवको शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको बिराट टिचिङ अस्पताल टंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।