करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

सिन्धुली, जेठ १३

कमलामाई नगरपालिका–११ धमिले बस्ने निर्मल कुमार थापाको छोरा १५ वर्षीय पुष्कर दिप थापाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । घर नजिकै रहेको धमिले खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।