शान्तिदेवी आमा समूहद्वारा आयोजना गरिएको विशेष घाँटु नाच कार्यक्रम सन्तु कुमार दरैद्वारा उद्घाटन

शान्तिदेवी आमा समूहद्वारा आयोजना गरिएको विशेष घाँटु नाच कार्यक्रम सन्तु कुमार दरैद्वारा उद्घाटन

गोर्खा जिल्लाको भीमसेन थापा गाँउपालिका वडा नं ८ मा  घाँटु नाँच  कार्यक्रम आयोजना  गरिएको छ।  गत जेष्ठ ११ गते शान्तिदेवी आमा समूहद्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन  प्रमुख अतिथिको रुपमा श्री सन्तु कुमार दरैले पानसमा दीप प्रज्ज्वलन गरेर गर्नुभएको थियो।  वहाँ संविधान सभा सदस्य एवम प्रधानमन्त्री पुष्प कमल दाहाल "प्रचण्ड" का  मुख्य  स्वकीय सचिव  हुनुहन्छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सन्तु कुमारले घाँटु नाँच दरै जातिको संस्कृतिको एक विशेष अंग रहेको बताउनु भयो।  " यस्ता  सांस्कृतिक  विशेषतालाई जोड दिदै त्यस क्षेत्रको पर्यटन विकासको लागि ठोस योजना/कार्यक्रम ल्याउनुपर्छ," ।  वहाँका अनुसार त्यस क्षेत्रको सामाजिक/आर्थिक उन्नतिमा पर्यटनले ठूलो भूमिका खेल्न सक्छ।


कार्यक्रमका गाँउपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत अन्य विशिष्ट वक्ताहरुले पनि गाँउपालिकाको पर्यटकीय विकास दरै जातिको विशिष्ट संस्कृतिलाई आधार बनाइ गर्नुपर्ने  जनाए ।  उनीहरुले पर्यटकलाई आकर्षित गर्न होम स्टे जस्ता सुविधाहरु संचालन गर्नुपर्ने राय पनि व्यक्त गरे ।