नेप्से तीन अंंकले बढ्दा तीन अर्ब ८९ करोडको सेयर कारोबार

नेप्से तीन अंंकले बढ्दा तीन अर्ब ८९ करोडको सेयर कारोबार

काठमाडौं, जेठ १४,


नेप्से बढेको छ । आज सोमबार नेप्से तीन दशमलव ९३ अंकले बढेर २१ सय १३ दशमलव २७ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ३० अंकले घटेर तीन सय ७८ दशमलव ९२ अंकमा झरेको छ । 
 

नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको ५८ हजार चार सय ८३ पटकको कारोबारमा ९३ लाख २० हजार दुई सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार एक सय ४३ रुपैंयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको सेयर किनबेच हुँदा तीन वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्धे बाँणिज्य

बैंक, निर्जीवन बीमा, होटल तथा पर्यटन, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापारस समुहको सुचक बढेका छन् ।
 

नेप्सेमा आज बढी मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनीले सबै भन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भने सबैभन्दा बढी रकम कारोबार भएको छ ।