टिभिएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’

टिभिएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’

काठमाडौ जेठ १४ ,


नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै कम्पनीले यो अभियान सोमबारदेखी शनिबारसम्म संचालन गर्न लागेको हो । ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, आरटी–एफआइ, विएस–भीआइ, राइड मोडहरू, र जिटिटि(ग्लाइड थ्रु ट्राफिक) जस्ता नवीनतम प्रविधिहरूले सुसज्जित टिभिएस मोटरसाइकल मोडलहरूमा रोमाञ्चक लाभहरू प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस सीमित अवधिको अभियानमा ग्राहकहरूले टिभिएसका बाईक तथा स्कुटरको खरिदमा छ हजार रुपैयाँसम्मको क्यास डिस्काउन्टका र पुरानो मोटरसाइकलमा सोही रकम बराबरको थप मूल्याङ्कन हुनेछ । साथै जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम तीन हजार नौं सय ९९ रुपैयाँप्रति महिनाको इएमआइपनि उपलब्ध गराएको छ । साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्याग लगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्नेछन ।